सुचना, समाचार र मनोरन्जन

भाई जिग्रीको निर्देशनमा निर्माणाधिन फिल्म ‘लाज शरणम्’मा भित्रिए धुर्मुस

काठमाडौं :

सक्किगोनी टिमले निर्माण गरिरहेको फिल्म ‘लाज शरणम्’मा सीताराम कट्टेल ‘धुर्मुस’को मुख्य भुमिका अभिनय गरिरहेका छन्। निर्माण टिमले सीताराम हुने नहुने बारेमा जानकारी दिएको थिएन। तर उनले अभिनय गरिरहेको भिडियो तथा फोटो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइरहेको छ।

Pach Pandav

निर्माण टिमले सरप्राइजदिने हिसावले काम गरिरहेकोमा उनको भिडियो तथा फोटो सुटिङस्थलबाट बाहिरिएको हो। डोल्पाको दूरगाउँमा धुर्मुसलाई लिएर फिल्म ‘लाज शरणम्’को छायांकन भइरहेको छ। फिल्मलाई सक्किगोनीका लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री)ले निर्देशन गरिरहेका छन्।

भाईको फिल्ममा दाजु सीतारामले अभिनय गरिरहेको एक कलाकारले जानकारी दिए। उनी झण्डै पाँच वर्षपछि फिल्ममा फर्किएका हुन्। यसले पाँच वर्षअघि अर्थात सन् २०२० को फेब्रुअरीमा फिल्म ‘सेन्टिभाइरस’मा अभिनय गरेका थिए। त्यसको एक वर्षपछि उनले ‘म त मर्छु कि क्या हो’ नामक वेब सिरिज युट्युबमा ल्याएका थिए। जुन दुवैले सीतारामलाई सफलता दिलाउन सकेको थिएन।

मल्टिस्टारर फिल्म ‘लाज शरणम्’मा सीतारामका अलवा अर्जुन घिमिरे (पाँडे),सागर लम्साल बले,कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.