सुचना, समाचार र मनोरन्जन
Sarangi

विराजको ‘१२ गाउँ’दोस्रो गीतले चर्चा कमाउनै सकस

काठमाडौं :

यहि अशोज २४ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को नयाँ गीत सार्वजनिक भएको छ। सोमबार निर्माण टिमले ‘कसो कसो’ बोलको गीत युटुबमार्फत सार्वजनिक गरेको हो। गीतको भिडियोमा फिल्मका फिल्मका मुख्य अभिनेता समीर भट्ट र अभिनेत्री सोनू चन्द्रपाल प्रस्तुत भएका छन्।

अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय यस फिल्ममा नीरज सिंहको संगीत, सुवास चन्द्र ढुंगेलको शब्द तथा सुगम पोखरेल र सदीक्षा कट्टेलको स्वरमा सजिएको यो गीतको भिडियामा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। यो गीतलाई निर्माण टिमले भारतका प्रख्यात गायक कैलाश खेरको कैलासा स्टुडियोमा रेकर्ड गरिएको जनाएको छ। यसअघि यो फिल्मको ‘सिनेमा हेर्न जाउँ’बोलको गीत सार्वजनिक गरिएको थियो।

यस फिल्ममा समीर र सोनूसहित विराज स्वयं पनि मुख्य भूमिकामा रहेका छन्। पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुनजंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, भिष्म जोशी, स्टन्ट सिल्भा लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन्।

फिल्ममा विराज भट्टकैं कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ भने द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन्।
यहि मितिमा प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को ‘बिहे भाको छैन म’ र ‘ब्रेकअप सङ’को चर्चा चुलिरहेको छ। यता यहि समयमा अर्को फिल्म ‘ज्वाइँ साब’मा समावेश ‘कसम बत्ती’कै चर्चामा रहेको देखिन्छ।

Leave A Reply

Your email address will not be published.