सुचना, समाचार र मनोरन्जन

ओशोमार्गी बनेकी एलिनाको कतै आलोचना कतै समर्थन

काठमाडौं :

विवाहपछि श्रीमानसँगै अस्ट्रेलिया लागेकी गायिका एलिना चौहान केहि दिन अघि ओशोमार्गी बनेकी थिइन्। अष्ट्रेलियाबाट तीज मनाउन नेपाल आएकी उनी दसैं मानेर मात्रै फर्किने तयारीमा छिन्।

Gandarbha

ओशोमार्गी बनेको खबर बाहिरिएपछि उनको आलोचना गर्ने र समर्थन गर्ने दर्शक भएका छन्। टिकटकबाट ओशोमार्गी बनेकी उनले आफु बाहिर आउदा आनन्द भएको भन्दै अन्तरबार्ता समेत दिएकी छन्।

उनले केहि दिन अघि अमेरिकी गायिका सेलिन डियोनको बहुचर्चित गीत ‘आई एम अलाइभ’ अर्थात् ‘म जिउँदै छु’ गीत राखेर उनले ओशो तपोवनमा खिचिएको भिडियो पोस्ट गरेकी छन् । यसअघि ओशोमार्गीका रुपमा अभिनेत्री शोभिता सिम्खडा, नम्रता सापकोटा, केकी अधिकारी, बेनिशा हमाल तपोवनमा पुगेर ओशोप्रति झुकाव दर्शाएका थिए।

Leave A Reply

Your email address will not be published.