काठमाडौं :
कविता तथा गीत लेखनमा सक्रिय रहदै आएकी सर्जक हुन् अनिता खड्का। काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ मा बसोबास गर्दै आएकी उनले कविता तथा गीत लेख्न थालेको ४० वर्ष भन्दा बढि समय भइसकेको छ।
उनी वि.सं.२०४० देखि नै सक्रिय रुपमा कविता तथा गीत लेखनमा लागेकी हुन्। उनको पहिलो ‘नदुखेको मन जानीजानी किन दुखाएछु’ गीत रहेको छ। यो गीतमा वरिष्ठ संगीतकार राजु सिंहले संगीत भरेका थिए भने दीपक बज्राचार्यको स्वरमा बजारमा आएको थियो।
‘शब्द स्वापत्य’,‘भाव अनुष्ठान’,‘मेरो रोइरहेको सगरमाथा’,‘स्वरका आयामु’ लगायत आधा दर्जन उनका प्रकाशित भइसकेका छन् भने दुईवटा गीति एल्बम स्रोतामाझ आइसकेको छ।
आफुले गीत तथा कविता खेल्न सुरुवात गर्दाको समयलाई समेत स्मरण गरेकी छन्। उनले भनिन्,‘ओतप्रोत हुन्थे। सबै मानसपटलबाटै हराउँथ्यो। पछि(पछि यसको अर्थ बुक्न बाले र सानोतिनो मुक्तक लेख्खें। मेरी श्रीमान् अध्ययनका लागि बाहिर गएपछि पत्र लेख्न थालें। यसै क्रममा गीत तथा कविता फुर्न थाले।’
कविता लेखन र गीत लेखन दुवैमा सक्रिय रुपमा कलम चलाउँदै आएकी उनी आफुलाई गीत र कविता मेरा लागि दुई आँखा हुन् भन्ने लाग्ने गरेको बताउँछिन्। गीत र कविता रोज्नु परेमा के रोज्नुहुन्छ भन्ने प्रश्नमा उनले दुवै छान्न नसक्ने बताउँछिन्। उनले कुराकानीमा भनिन्,‘मेरा लागि गीत र कवितामा खासै फरक छैन। दुवै मनले कोर्ने हो। भावनालाई समेट्ने हो र शब्दले सिंगार्ने हो।’
मनमा कुनै कुराले छोयोछोयो भने त्यसलाई आफुले कविता या गीतमा उतार्ने गरेको उनको भनाई छ। ‘कहिले त कफी रापमा बसेर न्याप्किनमा लेख्छु,’उनले आफ्ना अनुभव सुनाउँदै भनिन्,‘कति त टिप्न नपाउँदै मस्तिष्कमै हराउँछन्।’
उनलाई मनपर्ने गीतकार तथा कविमा लक्ष्मीप्रसाद देवकोटा,कविशिरोमणि लेखनाथ पौड्याल, किरण खरेल, गोपाल योञ्जन, गोपालप्रसाद रिमाल, भूपि शेरचनदेखि महेन्द्र बी.वी. शाह र चाँदनी शाह रहेका छन्। गायिकाहरुमा उनलाई गायिकामा अरुणा लामा, इन्दिरा जोशी, मिलन नेवार, रचना रिमाल, अस्मिता अधिकारी, आस्था राउत, प्रविशा अधिकारी रहेका छन्।