सुचना, समाचार र मनोरन्जन

‘जय हो’ले ल्यायो दर्शकमाझ ‘देख्न मन छ तिमीलाई’को गीतको भिडियो

कास्की :

पोखरामा छायांकन गरिएको नयाँ गीत ‘देख्न मन छ तिमीलाई’सार्वजनिक भएको छ। गीतको भिडियोलाई जय हो द फिल्म प्रोडक्सनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोहन नेपाली र कृतिका अर्यालको दमदार प्रस्तुति रहेको देख्न सकिन्छ।

संगीतकार शिशिर जय खरेलले तयार पारेको गीतमा बिसम आचार्यलेगाएका छन्। गायक आचार्यकै एरेन्ज गरेको यो गीतमा प्रेम र भावनाको गहिराइलाई स्पष्ट रुपमा व्यक्त खोजेको छ।

Chaka Panja

‘जय हो’ द फिल्म प्रोडक्सनको लगानीमा निर्माण भएको भिडियोले दर्शकहरूको मन जित्दैछ। पोखराका चर्चित कलाकार रोहन नेपालीले यस गीतमा प्रमुख भूमिका निभाएका छन् भने र्‍याम्प मोडल कृतिका अर्यालले म्युजिक भिडियोमा डेब्यु गरेकी छन्। उनीहरुको जोडी निकै सुन्दर देखिन्छ।

रोहन नेपालीकै निर्देशनमा बनेको यो गीतको भिडियोमा पोखराका कलाकारहरूको क्षमता र सृजनशीलतालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। अनुप गुरुङ्गको छायांकन र सम्पादन रहेको यो भिडियोमा पोखराका सुन्दर दृश्यलाई कुशलतापूर्वक पर्दामा उतारेका छन्।

Leave A Reply

Your email address will not be published.