सुचना, समाचार र मनोरन्जन

डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक

काठमाडौँ :

अमेरिकामा कार्यरत चिकित्सक (पेट तथा कलेजो रोग विशेषज्ञ) डा.दामोदर पाण्डेको गीत ‘अजम्बरी माया’ सार्वजनिक गरिएको छ। पियानोवादक तथा प्रशिक्षक उपेन्द्र लाल सिंहको संगीतमा डा. पाण्डेको आफ्नै शब्द र आवाज रहेको यस गीतमा रोशन थापाले संगीत संयोजन गरेका छन्।

Chaka Panja

सारंगी, मादल, बाँसुरी र झ्याली जस्ता पारम्परिक नेपाली बाजाहरूको समिश्रणले गीत सुमधुर बनेको छ। बिना राउत र प्रभात पाल ठकुरी फिचर्ड भिडियोको निर्देशन राजु भट्टले गरेका हुन्। भट्ट गायन तथा संगीत संगै पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त बन्दै गइ रहेका छन्। भट्टको आफ्नै स्वर र संगीतमा दर्जन गीत सार्वजनिक भई सकेका छन्।

आफ्नै चिकित्सा पेशामा निकै व्यस्त हुँदाहुँदै पनि हरेक वर्ष नेपाल आउन नछुटाउने डा. पाण्डे बाल्यकालदेखि नै नेपाली संगीत र साहित्यमा गहिरो अभिरुचि र आफै कविता अनि गीतहरू लेखन गर्दै आएका छन्। सार्वजनिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी,उमेश बहादुर शाहको छायाँकन,प्रेम लामाको डिओपि,टेकेन्द्र शाहको सम्पादन रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.