सुचना, समाचार र मनोरन्जन

निरेनको निर्देशनमा ‘रुमालै छ चिनो’

काठमाडौं :

नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीमा विदेशिएका पारिवारिक सदस्य आफ्नो परिवारसँग चाडपर्व मनाउन आउन नपाउदाको विषयलाई मर्मश्पर्शी ढंगले गीतहरु सार्वजनिक भइरहेका हुन्छन्। यसै सेरोफेरोमा रहेको नयाँ गीत ‘रुमालै छ चिनो’गीतको भिडियो रेशम थापा नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

Protin

चर्चित गायक रेशम थापाको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायिका गीतादेवी थापाले यो गीतलाई गाएका हुन्। यस गीतको भिडियो पनि सार्वजनिक भएको छ। भिडियोलाई अहिलेका व्यस्त निर्देशक निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोमा दिपेन्द्र सोनाम, मिसपवि, पवित्रा साहनकी र नवीन कुमार पुरीको अभिनय गरेका छन्। चक्रबहादुर बरालको छायांकन रहेको यस गीतको भिडियोमा विष्णु खड्काले सम्पादन गरेकाछन्।

Leave A Reply

Your email address will not be published.