सुचना, समाचार र मनोरन्जन

‘१२ गाउँ’को ट्रेलरमा प्रेम र पीडाको समिश्रण एक्सन

काठमाडौं :

नेपाली दर्शकमाझ एक्सन स्टारमा नामले कहलिएका अभिनेता विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलर सार्वजनिक भएको हो।

एक्सनले भरिपुर्ण रहेको यस फिल्मको ट्रेलरमा विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका समीर भट्ट दुवैलाई एक्सन अवतारमा प्रस्तुत भएको देख्न सकिन्छ। निर्देशक भट्टले फिल्ममा प्रेम र पीडाको पनि समिश्रण राखेको ट्रेलरमार्फत बुझ्न सकिन्छ। बिराजलाई बाघको संज्ञा दिइएको छ। १२ गाउँ भन्ने ठाउँमा सबैलाई धर्काएर बसेको पात्रलाई ध्वस्त पार्न विराज र समीरले गरेको संघर्ष नै फिल्मको मुलकथा रहेको प्रष्ट हुन्छ।
एक्सन र संवाद हावी रहेको ट्रेलरको अन्तिममा समीर ‘सिक्स प्याक एब्स’ देखाएर दर्शकमाझ प्रस्तुत भएका छन्।
यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा अभिनेता
विराज र समीर पहिलो पटक एकसाथ देखिन लागेका हुन्। यो फिल्मको समाचार तयार पार्दासम्म युटुबमा अपलोड भएको ४ घण्टामा एक लाख ७० हजार भन्दा बढि हेरिएको छ भने कमेन्ट ७५ सय पुगेको छ। दर्शकको माग अत्यधिक रहेको बुझिएको यस फिल्मको ट्रेलरलाई समाचार तयार पार्दासम्म ३१ हजारले लाइक गरेका छन्।

यस फिल्ममा विराज र समिरका अलवा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

फिल्ममा अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने महेश पौडेलको छायांकन छ। साथै यो फिल्ममा अभिनेता विराजकै कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।

Leave A Reply

Your email address will not be published.