सुचना, समाचार र मनोरन्जन

पोखराको चिप्लेढुंगामा स्याङ्जा गौतम ज्वेलर्सको नयाँ शोरूम उद्घाटन

पोखरा/

स्याङ्जा गौतम ज्वेलर्सले आज पोखराको चिप्लेढुंगा, पोखरा ट्रेड मल नजिकै आफ्नो नयाँ शोरूमको भव्य उद्घाटन गरेको छ। यस विशेष अवसरमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्णश कार्कीले उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा अध्यक्ष कार्कीले गौतम ज्वेलर्सले सुन तथा गहना क्षेत्रमा उत्कृष्ट सेवाका लागि चिनिएको बताउदै यसले भविष्यमा अझ उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे।

गौतम ज्वेलर्सको स्थापना २०८१ सालमा भएको हो। तर, पोखरामा गहना व्यवसायमा तारा गौतमले २५ वर्षसम्म अनवरत रूपमा काम गर्दै आएका छन्। तारा गौतम र सह-संचालक दीपा गौतमको नेतृत्वमा अब व्यवसायलाई अझ ठूलो स्तरमा पुर्याौउने लक्ष्य रहेको उद्घाटन कार्यक्रममा जानकारि दिइयो।

‘पोखरा-१, मोहोरिया टोलमा आफ्नो पुरानो पसलबाट सेवा दिँदै आएको यस ज्वेलर्सले अब चिप्लेढुंगामा आधुनिक शोरूम खोलेर आफ्नो व्यवसाय सुरू गरिएको छ’, गौतमले भने। आजदेखि ग्राहकहरूलाई विशेष छुट पनि उपलब्ध गराइने उनले बताए।
यो शोरूमले पोखराका ग्राहकहरूको मन जित्ने र उत्कृष्ट गहना सेवा प्रदान गर्ने उनको विश्वास छ।


photo: santosh khanal / Parichay

Leave A Reply

Your email address will not be published.