सुचना, समाचार र मनोरन्जन

विपिन कार्कीको अर्को प्रतिभा : तुलसी घिमिरेको फिल्म ‘पहाड’मा गाए र्‍याप

काठमाडौं :

दर्जनौ हिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको नयाँ फिल्म पहाडको एक गीतमा अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन।

Pach Pandav

आईतबार काठमाडौको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा विपिनले ‘पहाड’को एक गीतमा र्‍याप भरेका छन्। तुलसी घिमिरेका ससुरा समेत रहेका वरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले फिल्मका लागि र्‍याप गीत गाएका हुन। गीतलाई निर्देशक घिमिरेले आफैले लेखेका हुन्। घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ। फिल्ममा जम्म चार वटा गीत रहने छ ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरु खेल्ने निश्चित भईसकेको छ । यो फिल्मबाट सप्राईज रुपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेको भनाई छ। ५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यस फिल्मको बाँकी ५० प्रतिशत छायाँकन भने मुम्बईमा हुनेछ । प्रि(प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाईरहेकी छिन ।

‘मैले पहिले छड्के फिल्ममा पनि गीत गाएको थिए तर वर्षौपछि फेरी गीत गाउँदा अझै मज्जा आयो । हिन्दी र नेपाली शब्द मिसाईएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाए’ गीत रेकर्डिङ भईसकेपछि विपिनले भने।

Leave A Reply

Your email address will not be published.