सुचना, समाचार र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’को डबिङमा ब्यस्त प्रकाश सपुत

काठमाडौं :

गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को डबिङ गरेका छन्। आफ्नो फिल्म ‘बसन्त’ को सुटिङ पूरा गरेर उनले सोमबार काठमाडौमा डबिङ गरेका हुन्। आगामी कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

Pach Pandav

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा हो। सेभेन सिज र बासुरी फिल्मसको प्रस्तुति रहेको यो फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

संगीतकार प्रशान्त शिवाकोटीले फिल्ममा संगीत दिएका छन्, जसमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । फिल्मको देश तथा विदेशमा वितरण सेभेन सिज इन्टरटेनमेन्टले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.