पोखरा :
पोखराको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता Miss Pokhara 2024 को प्रस्तुतकर्ता (Presenter) को रूपमा डाँफे हाउसिङ एण्ड रियल इस्टेट प्रा. लि. चयन भएको छ। पोखरामा आयोजित विशेष समारोहमा डाँफे हाउसिङका संस्थापक सोवित पौडेल र Events For You बीच सहकार्यको औपचारिक सम्झौता (MoU) हस्ताक्षर गरिएको हो।
समारोहमा Events For You का अध्यक्ष विशाल गुरुङ र पोखरा JCI का अध्यक्ष देबराज शर्माले डाँफे हाउसिङसँगको सहकार्यलाई महत्त्वपूर्ण भन्दै, प्रतियोगितालाई अझ सफल बनाउनका लागि सामूहिक प्रयास गर्ने प्रतिवद्धता जनाए। सोवित पौडेल, जो डाँफे हाउसिङ एण्ड रियल इस्टेटका संस्थापक हुन्, रियल इस्टेट क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै अगाडि बढिरहेका छन्।
उनका दूरदर्शी योजना, लगनशीलता र व्यवसायिक क्षमताले उनलाई पोखरामा रियल इस्टेट क्षेत्रको उदीयमान व्यवसायिक टायकूनको रूपमा स्थापित गराएको छ। Miss Pokhara 2024 मा प्रस्तुतकर्ताको भूमिका निर्वाह गर्नु उनको कम्पनीको सामाजिक उत्तरदायित्व र पोखराको सांस्कृतिक, सौन्दर्य र पर्यटन प्रवर्द्धनमा प्रतिबद्धताको प्रतीक हो।
यस सहकार्यले Miss Pokhara 2024 लाई थप व्यावसायिक समर्थन प्रदान गर्दै प्रतियोगीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न व्यापक अवसर दिने विश्वास गरिएको छ। डाँफे हाउसिङको प्रस्तुतकर्ताको भूमिकाले सौन्दर्य प्रतियोगिता र व्यवसायिक क्षेत्रबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण सेतुको काम गर्नेछ।