सुचना, समाचार र मनोरन्जन

‘छक्का पञ्जा ५’को ‘ब्रेकअप’गीतलाई १९ दिनमा एक करोड भ्युज

काठमाडौं :

फिल्म ‘छक्का पञ्जा ५’मा समावेश गीत ‘ब्रेकअप गीत’ लाई १९ दिनमै एक करोडपटक हेरिएको छ। गत सेप्टेम्बर १८ मा रिलिज भएको यो गीतलाई एक करोड पटक युटुबमा हेरिएको छ। सामाजिक सञ्जाल टिकटकमा समेत अत्यधिक चर्चामा रहेको यो गीतको प्रत्येक अंशहरुमा लाखौं टिकटकका भिडियोहरु बनेका छन्।

बाबुल गिरीले सिर्जना गरेको गीतमा बाबुल गिरी र यस फिल्मकी निर्देशक दिपाश्री निरौलाले गाएका छन्। युट्यूवमा ६ हजारभन्दा बढि कमेन्टहरु आइसकेका छन् भने उतिकै मात्रामा लाइक रहेका छन्।

Pach Pandav

यहि फिल्ममा समावेश अर्को ‘गीत बिहे भाको छैन’ पनि चर्चामा रहेको छ। यो पनि एक करोडको छेउछाउ पुग्ने तरखरमा छ। यो समाचार तयार पार्दासम्म ७३लाख ६ हजार भन्दा बढि हेरिएको छ। फिल्मको गीत र ट्रेलरले चर्चा पाइरहेको अवस्थामा निर्माण पक्ष उत्साहित देखिन्छन्।

यो फिल्मसँगै फिल्म ज्वाईंसाब र १२ गाउँ पनि रिलिज हुँदैछन्।

Leave A Reply

Your email address will not be published.