काठमाडौं :
गत असोज १७ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेर ओटीटी प्लाटफर्ममा रिलिज गरिने छ। निर्माता निश्चल बस्नेतले हलको प्रदर्शनलाई स्थगित गर्दै एमएसएम भिडियो प्लाटफर्ममा फिल्म आउने जनाएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत फिल्म विहिबारदेखि फिल्मको हल रिलिजलाई स्थगित गर्न लागेको जनाएका हुन्। उनले फिल्म हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट व्यक्त गर्दै हलको विकल्पमा आृटिटि रहेको आशय व्यक्त गरेका छन्।
उक्त एपमा चाँडै फिल्म रिलिज हुने जनाउँदै बस्नेतले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने उपलब्ध हुने उल्लेख गरेका छन् ।
बस्नेत पोस्टमा लेख्छन्, ‘हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद। सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौं ।’
निश्चलसहित स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्म दशैंको घटस्थापनामा हलमा रिलिज भएको थियो । यसअघि उनले फिल्म दीमाग खराबका बेला पनि फिल्म हल वाला र निर्माताबीच बराबर पैसा हुनुपर्ने माग राखेका थिए। उनको माग पछि सम्बोधन गरिएको थियो। यस पटकमा भने के हुन्छ त्यो भने विस्तारै थाहा होला।