सुचना, समाचार र मनोरन्जन

बाढीले हरिनगरमा २४ करोड २७ लाखको क्षति

 

सुनसरी : हालैको हरिनगर गाउँपालिकामा रु २४ करोड २७ लाख बराबरको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा  उक्त रकम बराबरको क्षति भएको हो।

 

Pach Pandav

हरिनगरमा बाढीले सात वटा विद्यालय, छ वटा पुल तथा सडक आंशिक क्षति भएको तथा नौ सय बिघामा लगाइएको बाली नष्ट भएको छ। एक हजार छ बिघामा लगाइएको बालीमा भने आंशिक क्षति भएको छ।

 

त्यसैगरी, ४० बिघा जमिन पूर्ण रुपले र ५५ बिघा जमिनमा आंशिक क्षति क्षति भएको छ। तीनवटा स्वास्थ्य चौकी भत्कनुका साथै २५ वटा चौपाया मरेका उक्त कार्यालयले जनाएको छ। बाढीले भत्केका भौतिक संरचनाको मर्मतसम्भार प्रारम्भ भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए।

 

Leave A Reply

Your email address will not be published.