सुचना, समाचार र मनोरन्जन
Sarangi

कास्की आदर्श समाज कतारद्वारा रक्तदान

पोखरा

कास्कीबाट विभिन्न पेसा व्यवसाय गर्न कतार गएका नेपालीहरुद्वारा स्थापित सामाजिक संस्था कास्की आदर्श समाज कतारले पोखरामा शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
पहिलो रक्तदाता कार्यक्रम संयोजक अमृत विश्वकर्मालाई ब्लड ब्याग हस्तान्तरण गरी पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम उद्घाटन गरेका थिए ।
उनले सामाजिक सेवा कार्यमा वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पोखराका रक्तदान अभियन्ता क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले विदेशमा रहेर पनि जन्मभूमिको माया, सामाजिक कार्य हुनु महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले वर्षमा ४ पल्टसम्म रक्तदान गर्ने बानीको विकाससँगै मानवीय कार्य हुने जनाए ।
आकस्मिक रक्तदाता समूहका संयोजक नेत्र ढकालले रगतको विकल्प कुनै औषधी नभएकाले रक्तदान गर्न आह्वान गरे ।
समाजका अध्यक्ष विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक सचिव हंशराज ढकाल, पूर्व उपाध्यक्ष तिलकशाली सापकोटा, नारायणी भण्डारीले भनाइ राखेका थिए । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रममा ४५ युनिट रगत संकलन भएको थियो ।
सन् २००२ मा स्थापित समाजको हाल ४० भन्दा बढी देशमा शाखा कार्यालय बिस्तार छन् । संस्थामार्फत मानवीय सहयोग, स्वास्थ्य, शिक्षाका विविध कार्यक्रम गरिँदै आएको संस्थापक सचिव हंशराज ढकालले बताए ।

Leave A Reply

Your email address will not be published.