सुचना, समाचार र मनोरन्जन
Sarangi

‘यो मायालाई फकाउन’भन्दै स्रोता तथा दर्शकमाझ आए सम्राट र प्रिति

काठमाडौं  :

‘यो मायालाई फकाउन’भन्दै सम्राट किरण र प्रिति घिमिरे दर्शकमाझ आएका छन्। उनीहरुले आफ्नो गीतको भिडियो सार्वजनिक गरेका हुन्।

नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्शन र एजी फिल्मस् अष्ट्रेलियासँगको सहकार्यमा निर्माणमा आइतबार सार्वजनिक गरिएको हो । गीतमा गीतकार डिपी खनाल हुन् भने संगीतकार शंकर थापा स्माईल रहेका छन्।

विषम आचार्यको म्युजिक एरेन्जमेन्ट रहेको यस गीत सिडनीस्थित नेपमेलोको स्टूडियोमा रेकर्ड गरिएको हो। लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका प्रीति र सम्राट सिडनीका धेरैजस्तो स्टेजहरूमा व्यस्त देखिन्छन्। गायक सम्राटको यो पहिलो गीत हो ।

प्रशान्त तामाङको निर्देशन तथा कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन् । भिडियोमा उनीहरुको नोकझोक र रमाइलो माया प्रेम देख्न सकिन्छ। गोपाल राय डिओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन्।

नेपाली सांगीतिक आकाशमा थोरै भएपनि चम्किने ठाउँ खोज्दै हिँडेका गायक सम्राटले आफ्नो गीत हेरेर सुनेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.