सुचना, समाचार र मनोरन्जन

‘मोडल हन्ट नेपाल २०२४’को लागि आवदेन खुल्ला

काठमाडौँ :

एक हजार बढी मोडल उत्पादन गरिसकेको नेपालकै बृहत् र स्तरिय मानिएको प्रतियोगीता मोडल हन्ट नेपालको ९औं संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै मोडल हन्ट नेपालको नयाँ संस्करण अर्थात ‘मोडल हन्ट नेपाल २०२४’को आवेदन खुल्ला भएको जनाएको हो।

प्रतियोगीतामा सहभागीका लागि पुरुषको हकमा ५ फिट ६ इन्च र महिलाको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान छ । आवेदन फर्म खल्ती एपबाट भर्न सकिनेछ । सहभागी प्रतियोगीको हकमा उमेर १६ देखि २८ बर्ष हुनुपर्ने प्रावधान रहेको छ।

प्रतियोगीताको प्रारम्भिक चरणको अडिसन नेभेम्बर २२ (मंसिर ७)गतेबाट सुरु हुनेछ । अडिसनमा छानिएका प्रतियोगीलाई सबिता कार्कीले कोरियोग्राफी गर्नेछिन् । एक महिनाको प्रशिक्षणको क्रममा उनीहरुले व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा पनि लिनेछन्।

प्रतियोगितामा विजेता ५ लाख बराबरको पुरस्कारको अलवा अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता रनवे मोडल युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। प्रतियोगीताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको श्रृजना गर्ने धमलाको भनाई छ ।

Leave A Reply

Your email address will not be published.