सुचना, समाचार र मनोरन्जन
Sarangi

रवि पक्राउ प्रकरण : अदालतले दिएकाे म्याद आज सकिँदै, रास्वपाको निरन्तर प्रदर्शन

पोखरा/

रवि लामिछानेको अनुसन्धानका लागि कास्की जिल्ला अदालतले दिएको पहिलो म्याद आज सकिँदै छ । अदालतले पक्राउ परेकै दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो । लामिछाने शुक्रबार साँझ काठमाडौँबाट पक्राउ परेका हुन् ।

आज राति १२ बजेदेखि म्याद सकिने र भोली पुनः उनलाई अदालत उपस्थित गराउने कार्यसूची छ । रवि निर्दोष रहेको र उनलाई निशर्त: रिहा गर्न उनका समर्थकहरूले पोखरामा निरन्तर प्रदर्शन गरिरहेका छन् । बुधबार सिर्जनाचोकमा प्रदर्शन हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाका नेता कार्यकर्ताहरू रविको पक्राउसँगै पोखरा आएका थिए । शनिबार देखि नै उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन् । विहीबार रविलाई अदालतमा पेश गर्ने भएपछि रास्वपाले अझै जोडका साथ प्रदर्शनको तयारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.