सुचना, समाचार र मनोरन्जन

ममताको ‘डिम्पल सुहाउने’(भिडियोे सहित)

काठमाडौं : 

ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीतको भिडियो सार्वजनिक भएको हो।

भीम बिसीको शब्द र संगीतमा केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ र माष्टरिङ रहेको छ। गीतको भिडियोमा
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ।

Pach Pandav

पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ। गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ।

गीतकाबारेमा प्रष्ट पार्दै संगीतकार भिले भने,‘हामी सबैको मिहिनेतले एउटा राम्रो सिर्जना दर्शक÷श्रोतामाझ ल्याएका छौँ, सबैले मन पराइदिनुहुन्छ भन्नेमा आशावादी छौँ।’

गीतकी गायिका नेपालीको औपचारिक रूपमा सार्वजनिक यो पहिलो सार्वजनिक गीत हो। पहिलो गीत भएता पनि आफुलाई यो गीतबाट स्रोता तथा दर्शकले माया गर्ने बताईन्। गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.