सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : नीता र हरिहर अभिनित फिल्म ‘ह्रस्व दीर्घ’,

काठमाडौं :

शुक्रबारबाट हलमा फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आएको छ। नीता ढुङ्गानाले निर्माण गरेको यो फिल्मले देशभर लगभग डेढ सय शो सहित प्रदर्शनमा आएको हो। फिल्मको हाइप,बजेट र स्टारकास्टको आधारमा यो फिल्मको शो बढ्न सक्ने अनुमान गर्न सकिएको छ। हलवालाले बुधबारबाट नै ‘ह्रस्व दीर्घ’को बुकिङ खुलेको थियो। बुकिङ खुलेपछि फिल्मको देशभर बुकिङ ट्रेन्ड उत्साहप्रद देखिएको छ।

अभिनेत्री नीता ढुङ्गाना र ज्योतिष हरिहर अधिकारीले निर्माण गरेको यो फिल्मलाई द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा तयार भएको हो। निर्माता समेत रहेकी नीता ढुङ्गानाले फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण गर्दा ६ करोडको बजेट लागेको जानकारी दिइसकेकी छन्। महँगो लगानीमा बनेको यो फिल्मले नेपाली फिल्मको स्तर बढाएको अनुमान गर्न सकिन्छ ।
यो फिल्ममा नीताले नेपाली र दक्षिण भारतीय कलाकारहरुको जम्बो टिमलाई नै राखेकी छन्। साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल लगायतको अभिनय छ। त्यस कारण पनि यो फिल्म चल्नेमा ढुक्क देख्न सकिन्छ। फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।

Leave A Reply

Your email address will not be published.