सुचना, समाचार र मनोरन्जन

युकेमा काँडेतारको विशेष शो,हेर्ने दर्शकले गरे प्रशंसा

काठमाडौं :

साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यमा इनास युके चलचित्र प्रबद्र्धन समितीको आयोजनामा चलचित्र काँडेतारको विशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन गरिएको छ।

उक्त कार्यक्रममा खस समाज युकेद्वारा चलचित्रका राष्ट्रवादि नायक, निर्देशन, निर्माता नवल खड्का एवं गायिका सत्यकला राईलाई बिशेष सम्मान प्रदान गर्नुका साथै वक्ताहरुले चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथा वस्तुमा आधारित रहेकोले चलचित्र उत्कृष्ट रहेको चर्चा गरे । कार्यक्रम संयोजक नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठ, खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेक बहादुर थापा लगातका विशिष्ट व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

देशको माटो र मान्छे जोगाउने उदेश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताउनु भएको छ । चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवं गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै आईरहनु भएको छ।

चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा,पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.