सुचना, समाचार र मनोरन्जन

नाजिरको ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन मिति तोकियो

काठमाडौं :

फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ।

निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति बाहिर ल्याएको हो। यसअघि यो फिल्म गत कार्तिक ३० गते प्रदर्शन हुने पूर्व योजना थियो।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ। उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए। दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ।

फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन्। नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल,अनिन राजभण्डारी,राजीव थापा, रोबिन थापा, राधेश पन्त,महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन,अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।

फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व,दीपेन्द्र गौचन,प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह,करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक,नेहा प्रियदर्शनी,करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी,जीवन पोखरेल र दीपेशको कष्ट्युम, अकी थेक्पाको आर्ट निर्देशन,राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ। म्युजिक नेपाल डिजिटल पार्टनर रहेको फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन।

Leave A Reply

Your email address will not be published.