सुचना, समाचार र मनोरन्जन

दाङको घोराहीबाट एक्सन फिल्म ‘कर्मा’को छायांकन,मुख्यकलाकार विपिन र उपासना

काठमाडौं :

एक्सन फिल्म ‘अगस्त्य’फेम्ड निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’को छायांकन थालेका छन्। उनले शुक्रबारदेखि दाङको घोराहीबाट एक्सन जनराको फिल्म ‘कर्मा’को छायांकन थालेका हुन्।

फिल्ममा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव रहेका छन्। दाङमा ४० दिन र रुकुममा ६ दिन छायांकन तालिका रहेको यो फिल्मको यसअघि टिजर पोस्टर सार्वजनिक भइसकेको थियो। जहाँ युद्ध लड्न हिंडेका सिपाहीको पनि कथा हुने संकेत गरिएको थियो ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा वसन्त लम्सालले लगानी गरेका छन्। यो सौरभको तेस्रो निर्देशकीय फिचर हो। विपिन कार्की फरक फरक भुमिकामा आफुलाई उभ्याउन सक्ने कलाकार हुन्। त्यसैले पनि उनलाई निर्देशक चौधरीले आफ्नो फिल्ममा लिएका हुन्।

Leave A Reply

Your email address will not be published.