सुचना, समाचार र मनोरन्जन

करण र कृशलाको ‘यो के गरेको तिमीले’

काठमाडौ :

द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको नयाँ गीत ‘यो के गरेको तिमीले’ सार्वजनिक भएको छ। डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन्, भने देबेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

करण राई युट्युव च्यानलमा सार्वजनिक भएको मर्मस्पर्सी गीतसंगै यसको म्युजिक भिडियोले दर्शकलाई रुवाउन सक्छ। निर्देशक शान थापाको निर्देशन तथा गायक स्वयम करणकै कन्सेप्टमा तयार भएको भिडियोमा एक प्रेमीको वियोगान्त कथा प्रस्तुत गरिएको छ। कुलतमा फसेकी एक युवतीको प्रेममा परेको प्रेमीले माया गर्दा पाएको दुखहरु, स्वार्थहरु भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोमा करणको साथमा मोडल कृशला तामाङ फिचर्ड छन्। करण र कृशला जोडीको दमदार अभिनय देख्न सकिन्छ। करणले आफ्नो डेडलक कपाल म्युजिक भिडियोको कथा अनुसार सुटिङमै कपाल मुण्डन समेत गरेका छन्। दिनेश पराजुलीको छायाँकन तथा बिबेक सुनारको सम्पादन रहेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको कलर रहेको छ।

Leave A Reply

Your email address will not be published.