सुचना, समाचार र मनोरन्जन

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

काठमाडौं :

रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो।

फिल्मको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन्। विनय ९ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिएका छन् । सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् भने विनयले आकाशतिर हेर्दै हात जोडेका छन्। सार्वजनिक पोस्टरबाट उनीहरुबीचको प्रेम दर्शाउन खोजिएको बुझ्न सकिन्छ।

‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो। तर यसपटक भने मेनुका दोहोरिएकी छैनन्। निरोज महर्जनको निर्देशन गरेको यो फिल्ममा विनय र सुपुष्पासहित नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।

फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी, सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।

सिनेमा आर्टस्को प्रस्तुती र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सह(निर्माताको रुपमा एनी थापा छन्। फिल्मलाई यतिबेला सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन्। यो फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।निर्माता कँडेलले यसअघि फिल्म ‘दिमाग खराब’मा लगानी गरेका थिए। उनको यो फिल्मले ठिकठिकै व्यापार गरेको थियो।

Leave A Reply

Your email address will not be published.