काठमाडौं :
गायक विश्वराम कार्की र अभिनेता जयकिशन बस्नेत छुवाछुत हटाउन कस्सिएका छन्। उनीहरुले ‘साइलो’ गीतको म्युजिक भिडियोमार्फत छुवाछुत हटाउन लागेका हुन्।
गीतका गायक कार्कीकै स्वर, शब्द तथा संगीतका साथै अभिनय पनि रहेको छ। गीतको भिडियोमा उनका अलवा जयकिशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण केसी, दिया लामाको पनि अभिनय रहेको छ। समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ।
प्रकाश खडकाले खिचेको भिडियोमा सम्पाडण मिलण विश्वकर्माको सम्पादन रहेको छ। गायक कार्कीको यसअघि ‘कट्टा हान्दिन्छु’ गीतको भिडियो बजारमा आइसकेको छ।