
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको छः मन्त्री साह
- भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
- पुरानै ठाउँमा बस्ती नबसाउने, सुविधासम्पन्न ‘टाउनसिप’ बनाउने सरकारको योजना
- न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
- आज शेयर बजार बन्द रहने
- नवलपुरका कृषकलाई करिब पाँच करोड अनुदान वितरण गरिँदै
- सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
- दमौली–भरतपुर २२० केभी प्रसारण लाइनः रुख कटानको स्वीकृति
- आज असोज ५ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस
- ब्यवसाय प्रबर्द्धन केन्द्र पाँच वर्षमा : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा पोखरा महानगर
रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनारहरू प्रदूषित
रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनारहरू प्रदूषित
रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र किनारहरूमा ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ । यो घटना तेल ट्याङ्कर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो ।
एउटा पुरानो रूसी तेल ट्याङ्कर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रुसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो ।
रुसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ ।
दुई ट्याङ्करले करिब नौ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको देखाएको सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।
क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै बुधबार तासले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्याङ्करबाट अझै पनि तेल चुहिएको देखाएको रिपोर्ट गरेको छ । तीव्र बतासले तेललाई दक्षिणी रुसको समुद्र तटतिर धकेलिरहेको छ ।

करिब ९० हजार जनसङ्ख्या भएको अनपाको समुद्री तट रिसोर्टले मङ्गलबार आपत्कालीन अवस्था घोषणा गरेको छ ।
आपत्कालीन अवस्था मन्त्रालयले बुधबार स्वयंसेवक र आपत्कालीन कामदारहरूको सङ्ख्या बढेर दुई हजार सात सय पुगेको जनाएको छ । तिनीहरूले समुद्र तटबाट कालो तेल निकाल्दै प्लास्टिकको बोरा र खन्ने ट्रकहरूमा निकाल्दै थिए ।
उनीहरूले करिब ८० टन तेल सङ्कलन गरेको र समुद्र तटको आठ किलोमिटरभन्दा बढी सफा गरेको बताइएको छ ।
अनपा महानगरपालिकाका अनुसार संलग्न रहेकाहरूमा करिब चार सय कोसाक्स थिए । कोसाक्स रूस र युक्रेनको घाँसे मैदानमा बस्ने एक जाति हो ।
“अनपा तेल चुहावटसँग जुझिरहेको छ र समुद्र तटहरू बचाउने प्रयास गरिरहेको छ”, विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा स्वयंसेवकहरूलाई अपिल गर्दै भने, “सुनौलो बालुवा भएका ती प्रसिद्ध समुद्र तटहरूमा हरेक वर्ष लाखौँ पर्यटक भेला हुन्छन् ।”