सुचना, समाचार र मनोरन्जन

रविको तस्वीर सार्वजनिक गर्ने निकोलसलाई कारबाही गरिने

काठमाडौं : हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्विर सार्वजनिक भएको भनिएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक संजालहरुमा सम्प्रेषण भएको तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

भुसाललाई कारबाही गरिने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.