Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
- बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
- युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण
- रसुवा बाढीः ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
- लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन
- भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
- उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह
- भोटेकोशी बाढीः ३८४ पर्यटक सम्पर्कविहीन
- भोटेकोशी बाढीः सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं : मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् ।
आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् ।
यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बङ्गलादेशको सामना गर्नेछ ।