Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मूर्छित संविधान ब्युँझाउन नागरिक खबरदारी: पोखरामा संविधानको १० वर्षे समीक्षा
- ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को ४८ घण्टा नबित्दै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
- छाउपडी प्रथामाथि बनेको चलचित्र ‘हली’को काठमाडौँमा विशेष शो, निर्माण टोली उत्साहित
- काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा पोखरामा अशोका कलेज सञ्चालनमा आउँदै
- प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: मन्त्री पोखरेल
- प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
- ‘खाली भयो जेब’ लिएर आए कस्तुप पन्त,रामजी खाँण र एलिना चौहान
- अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ
- मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश
- सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
एनपिएलः कर्णालीद्वारा जनकपुर सामु ११९ रनको लक्ष्य प्रस्तुत
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।
ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।
जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट झारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।