काठमाडौं :
करिव ८ वर्षपछि अभिनयमा फर्किएका अभिनेता राजेश हमालको फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ। उनको यो फिल्म आगामी चैतको २९ गतेबाट रिलिजमा आउने घोषणा भएको हो। फिल्मको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति तय गरिएको छ।
नयाँ वर्षको छेको पारेर यो फिल्म चैत्र २९ बाट रिलिजमा आउन लागेको निर्माण पक्षले जानकारी दिएको हो । यो फिल्मलाई दिवाकर भट्टराइको लेखन तथा निर्देशन गरेका हुन्। फिल्म ‘नरसिंहाः अवतार’मा राजेश हमालको साथमा राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ ।
यो टिम बाहेक फिल्ममा नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारले पनि अभिनय गरेका छन्। फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी रहेको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।