काठमाडौं :
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले विभिन्न कार्यक्रमको आयोजना सहित बुधवार आफ्नो १७ औं वार्षिक उत्सव मनाएको छ। यो फेसियल हाउस १७ वर्ष अघि स्थापना भएको थियो।
अन्तर्राष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरले आफ्नो १७ औं बार्षिकोत्सवको अवसर पारेरमा काठमाडौंको गोंगबू आवास क्षेत्रमा रहेको मानवसेवा आश्रमका ५३ जना जेष्ठ नागरिक र साना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै उनीहरुलाई मिष्ठान भोजन गराएको छ। सो अबसरमा केट काटेर शुभकामना आदन प्रदान गर्नुका साथै उनीहरुलाई आर्थिक सहयोग गरिएको थियो।
बुधबार नै रश्मिलाज फेसियल हाउसले सामाखुसीको बिजी बेङ्केटमा विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यता र अमेरिकाको ब्रेन्डफोर्डका उपमेयर रामचन्द्र श्रेष्ठको विशेष आतिथ्यतामा सो फेसियल हाउसका कर्मचारीलाई सम्मानित तथा पुरस्कृत गरियो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सो वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै नेपालमा लामो समयदेखि व्युटी क्षेत्रमा रश्मिलाज फेसियल हाउसले आफ्नो छुट्टै नाम बनाएको बताए। गुणस्तरकै कारण आजसम्म पनि रश्मिलाज फेसियल हाउस सबैको रोजाईमा परेको डिसीको भनाई थियो ।
लामो समयदेखि यो फेसियल हाउसलाई माथि पुर्याउन निरन्तर योगदान दिएको भन्दै २ जना प्रोफेसनल व्युटिसियनहरू नुतन गिरी र चन्दा घिसिङलाई कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले विशेष सम्मान प्रदान गरे ।
रश्मिलाज फेसियल हाउसका विभिन्न बिद्यामा लामो समयदेखि निरन्तर सेवा दिएका फोटो ग्राफर, व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र ब्युटिसियनहरुलाई पनि कार्यक्रममा प्रशंसा पत्र प्रदान गरियो।
समारोहमा केक काटेर शुभकामना आदन प्रदान गर्दै वार्षिक उत्सव सम्पन्न गरिएको थियो। सो फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले फेसियल हाउसको तीन वटा शाखाबाट आफुहरुले ६५ जनालाई नियमित रुपमा रोजगार दिन सफल भएको बताए। यस्तै हरेक वर्ष हजारौं सौन्दर्य पारखीहरुको सुन्दरतामा निखार ल्याउन आफुहरु सफल भएको पनि उनले बताए।
रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवं सौन्दर्यकर्मी रश्मिला श्रेष्ठले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफुहरुले सौन्र्दय सेवा, ब्युटिसियन सम्बन्धि प्रशिक्षण र सौन्दर्य सामग्री नेपालमै उत्पादन गर्न थालिएको बताइन ।