सुचना, समाचार र मनोरन्जन

रिलिजको पहिलो दिन नै ६ देशको युट्युब ट्रेन्डिङमा आयो ‘मखमली’

काठमाडौं :

विपिन कार्की र मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को हिजो सार्वजनिक गरिएको नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङमा आएको छ। बिहीबार साँझ रिलिज भएको यो गीत रिलिज भएको २ घण्टाभित्रै नेपालीहरूको बाहुल्य रहेका विभिन्न देशहरूमा ट्रेन्डिङमा प्रवेश गरेको हो।

नेपालमा युटुबको चौथो स्थान रहेको यो गीत माल्टामा पहिलो स्थान, कतारमा दोस्रो, युएईमा नवौँ, कुवेतमा तेह्रौँ र अस्ट्रेलियामा सत्ताइसौं स्थानमा रहन सफल भएको छ। यो गीतलाई दर्शकले अत्यधिक मन पराइदिएका छन्। यहि रफ्तारमा जाने हो भने नेपालमा पनि पहिलो स्थानमा आउने समय लाग्दैन।

नवीन चौहानले निर्देशन गरेको यो फिल्मको गीतमा नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा÷चुट्का’ भाकालाई समावेश गरिएको हो। फिल्मका मुख्य कलाकार विपिन कार्की र मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो फिल्मका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

यस गीतमा सुजन चापागाईँ र सुनिता थेगिमले गाएका छन् भने हर्क साउदले शब्द रचना गरेका हुन्। गायक चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको यो गीतको भिडियोमा दीप गुरुङको कोरियोग्राफी गरेका छन्। गीतको भिडियोमा विपिन र मिरुनाका अलवा विल्सन विक्रम राईको भूमिकाले भिडियोलाई थप आकर्षण थपेको छ ।

नयाँ वर्ष अर्थात आगामी वैशाख २६ गते रिलिज हुने यो फिल्मलाई आर्टमाण्डू प्रा.लि.को व्यानरमा निर्माण गरिएको हो। यस फिल्मलाई सुरज कटुवालले लेखनमा सघाएका छन्। फिल्ममा विपिन,मिरुना र विल्सनका अलवा सुनिल पोखरेल, माओत्से गुरुङ,प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.