काठमाडौं : म्यूजिक खबर म्यूजिक अवार्डको १२ औं संस्करणको लागि गीत सहभागी गराउन फाराम खुला गरिएको छ । २०६९ सालबाट निरन्तर रुपमा आयोजना गरिँदै आइएको यस अवार्डको १२ औं संस्करणका लागि स्रष्टा कलाकारहरुलाई आफ्नो सिर्जना सहभागी गराउनका लागि म्यूजिक खबरले आग्रह गरेको छ ।
१२ औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ का लागि फाराम खुला गरिएको छ, जसमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीतहरुका विभिन्न ३८ विधामा अवार्ड आयोजना गरिँदै आइएको छ।
‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतकार आधार’ भन्ने मूल नारा लिएर आयोजना गरिँदै आइएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको हो। म्युजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ।
गीतसंगीत क्षेत्रमा क्रियाशील गायक गायिका, संगीतकार, गीतकार, निर्देशक, मोडल, छायाँकार, सम्पादकहरुको लागि प्रोत्साहन र सम्मानको महोत्सवका रुपमा लिइँदै आइएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकार सहभागी हुँदै आएका छन्।
म्यूजिक खबरले कार्यक्रममा दीर्घ साधना सम्मान, रजत संगीत सम्मान, दशक संगीत सम्मान, युवा प्रतिभा प्रोत्साहन सम्मान, संगीत पत्रकारिता सम्मान, डायस्पोरा संगीत सम्मान र बाल प्रतिभा संगीत सम्मान समेत प्रदान गरिँदै आएको छ । अवार्डमा सहभागी हुनका लागि https://service.aventoz.com/formBooking/67679985224eb1734842757 मा क्लिक गरेर अनलाइन मार्फत आफ्ना सिर्जना सहभागी गराउन सक्नुहुनेछ।