कास्की : राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित १७औं वार्षिकोत्सवको अवसरमा श्रीमद् भागवत् ज्ञान महायज्ञ २०८१ को उद्घाटन कार्यक्रम आज ढुंगेसाउँमा भव्यतापूर्वक सम्पन्न भएको छ। शोभायात्रासहित सुरु भएको कार्यक्रमले धार्मिक, सामाजिक र परोपकारी मूल्यहरूको प्रवर्द्धन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
कार्यक्रमको अध्यक्षता महासंघका परिकल्पनाकार तथा संरक्षक अध्यक्ष भागवत भाष्कर गुरुदेव कमल नयन गौतमले गरेका थिए। उनले परोपकार र धार्मिक आस्थाले समाजलाई एकताको सूत्रमा बाँध्ने कुरा जोड दिए।
प्रमुख अतिथि विन्ध्यवासिनी धार्मिक विकास समिति पीठाधीश श्री निशेषानन्द गिरीजी महाराजले धार्मिक संस्कार र परम्परालाई जीवन्त राख्न यस्ता महायज्ञहरूको भूमिका महत्वपूर्ण हुने बताए।
विशेष अतिथिहरूको रूपमा स्वामी बोधानन्द महाराज, सराङ्गकोट धार्मिक विकास समिति अध्यक्ष प्रेम बहादुर जि.सी., क्षेत्री समाज नेपालका महासचिव कृष्ण बहादुर थापा, तथा समाजसेवी एवं महासंघका सल्लाहकार भक्तराज श्रेष्ठले महायज्ञको महत्त्वमा आ–आफ्ना विचार व्यक्त गरे।
कार्यक्रममा स्वागत मन्तव्य महासंघका उपाध्यक्ष सीता पराजुलीले दिनुभएको थियो। साथै, संस्थाको भावी योजनाबारे प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा १५ का जनप्रतिनिधि सदस्य
वलराम पौडेलले शुभकामना मन्तव्य दिएका थिए भने जितेन्द्र कुमार सिंह, विजयराज आचार्य, र रेणु थापाले शुभकामना मन्तव्य दिनुभएको थियो। कार्यक्रमको सफल सञ्चालन महासंघका महासचिव विष्णु प्रसाद पौडेलले गरेका थिए।
यस महायज्ञले धार्मिक, सामाजिक र परोपकारी गतिविधिमा राष्ट्रिय परोपकार महासंघ नेपालको नेतृत्व र योगदानलाई पुनः उजागर गरेको छ। साथै, यसले विविध क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्दै संस्थाको उद्देश्यलाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता प्रकट गरेको छ।