काठमाडौं :
नेपालीहरुको नविदेशी ज्यँुन गाह्रो परिरहेको अवस्था छ। अहिले नेपालका हरेक युवाहरु विदेशिन बाध्य छन्। त्यसैलाई आधार मानेर गीतकार धनवीर थापाले ‘राहदानी’बोलीको गीत सार्वजनिक गरेका छन्।
एउटा यूवाको विदेशिने मानसिकता र त्यसबाट स्वदेशमा रहेकी उसको साथीको मनोभावलाई केलाएर गीतकार धनवीर थापाले ‘राहदानी’ बोलको समयानुकूल मार्मिक गीत स्रोतामाझ ल्याएका हुन्। गीतलाई पछिल्लो समयकी चर्चित गायिका मिलन नेवारले गाएकी छन् भने गीतमा संगीत राजकुमार बगरको छ। यस गीतलाई रेकर्डिङ र मास्टरिङ्ग पनि संगीतकार बगरकै रहेको छ। गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् ।
सुव्रत आचार्यको कन्सेप्ट र निर्देशनमा बनेको म्युजिक भिडियोमा कलाकारहरु रोशनी कार्की र एलिश खनाल फिचर्ड छन् । बालकलाकार दियन गौतम र एञ्जल खनालका साथै अन्य कलाकारहरूको अभिनय रहेको म्युजिक भिडियोलाई उत्सव दाहालल खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ।
सविना गुरुङको मेकअप, दिपेन्द्र गौतम माइकलको निर्माण व्यवस्थापनमा बनेको म्युजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर छिन्। गीत तथा भिडियोको निर्माण भने चर्चित गीतकार बसन्त बित्यासी थापाले गरेका हुन्। भिडियो भकारी एमडिसीको युटुब च्यानल बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक भएको छ।