सुचना, समाचार र मनोरन्जन

एक्टर फिल्मको अर्को गीत आयो ‘म पनि एक्टर बनुँला’

काठमाडौं :

आगामी माघ ४ गतेबाट देशभर प्रदर्शनमा आउने अन्तिम तयारीमा रहेको चलचित्र ‘एक्टर’को तेश्रो डान्सिङ प्याटनको ‘म पनि एक्टर बनुला’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण ‘एक्टर’को गीतको भिजुअलमा मुख्य नायक प्रिन्स थापा मगरको साथमा कृष्ण मल्ल, सरोज खनाल, निर्मल शर्मा देखाईएको छ। शंकरलाल श्रेष्ठको स्वर, शब्द रामकाजी शाक्य, संगीत सम्राट थापा, कोरियोग्राफी तथा निर्देशन माईकल चन्दको रहेको छ।

पत्रकार मनोहरी थापा निर्माता रहेको ‘एक्टर’ मा प्रिन्स थापा मगर, शिवानी गीरी, कशिस दाहाल, निशा केसी भण्डारी, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ । मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.