पोखरा/
पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष अमृत पोख्रेलले दक्ष जनशक्ति उत्पादनका लागि छोटो समयको तालिमले मात्रै नपुग्ने भन्दै कम्तीमा तीन महिना लामो व्यावसायिक तालिमको ब्यवस्था हुनुपर्ने बताएका छन ।
नेपाल उद्योग बाणिज्य संघको ३३ औं संस्करणको रास्ट्रिय औद्योगिक मेलाको अवसरमा आयोजना गरिएको पाखुरिमा दम भए देशमै रोजगारी सम्भव छ भन्ने शिर्षकमा भएको कुराकानीको क्रममा उनले यस्तो बताएका हुन ।
विद्युत क्षेत्रमा रोजगारीको ठूलो सम्भावना भएपनि सीपमूलक तालिम बिना यो सम्भावनाको सदुपयोग गर्न नसकिने बताए। पोखरेलले विद्युत क्षेत्रका समस्या र सम्भावनाबारे आवाज उठाउँदै बिग्रेको सामान बनाउनमा प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। बिग्रेका बिधुतिय सामग्री देशभित्रै सुधार गर्दा मात्रै देशभित्र पैसा रहने उनको भनाई छ ।

विद्युत क्षेत्र जति संवेदनशील छ त्यति नै अवसरको खानी भएकाले दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन सके मात्रै यस क्षेत्रको दीर्घकालीन विकास सम्भव भएकोमा पोखरेलले जोड दिए।
विद्युत क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनमा आफ्नो योगदानका लागि परिचित छन्। उनले विद्युत क्षेत्रमा सीपमूलक तालिम र स्थानीय रोजगार सृजना गर्न सधैं अग्रसरता देखाएका छन्।

उनको नेतृत्वमा पोखरा इलेक्ट्रिक क्लबले दक्षता अभिवृद्धिका लागि विभिन्न तालिम, परामर्श र प्राविधिक कामहरू हुँदै आएका छन ।
पोख्रेलको मेहनतले पोखरा र आसपासका क्षेत्रमा विद्युत क्षेत्रको गुणस्तर सुधार र सीपमूलक तालिमको महत्वलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ।