
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो
- लाहुरे समाजको कथा बोकेको ‘पेन्सन पट्टा’ पाँचौँ हप्तामा, बक्स अफिसमा सफल यात्रा
- सुशील र न्यान्सीको मुख्य अभिनय रहेको फिल्म ‘अक्षरा’ हलहरूमा
- ‘टनेल २६’ को रिलिज तत्कालका लागी स्थगित,घाटामा प्रदीप खड्का
- पोखरामा कात्तिक १३ गते बिपुल क्षेत्रीको लाइभ कन्सर्ट हुँदै
- हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना प्रभावकारी छः सञ्चारमन्त्री
- बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति, पुनर्निर्माणका लागि सिफारिस
- आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ
- महेन्द्र मोरङ क्याम्पसका डा. अजय भट्टराई विश्वका उत्कृष्ट २ प्रतिशत वैज्ञानिकको सूचीमा
- दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पर्खाइमा
‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक,पारस बम र सिम्रन पन्त फिचर्ड
काठमाडौं : आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।
यसअघि यस फिल्मको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो। सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ। ‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो। चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्।

कथा निर्देशक कँडेलकै हो। यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ। फिल्ममा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्।
फिल्मका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।