Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
- मुग्लिन पोखरा सडक अन्तरगत बागबजार खण्डमा कालोपत्रे हुँदै
- आज बैशाख १३ गते शनिबारको राशिफल पढ्नुहोस
- म्युजिक भिडियोमा अभिनय गर्दै आएकी उषा उप्रेतीले निखिलको फिल्मबाट डेब्यु गर्दै,गरे एकअर्काले सम्झौता
- १४ गतेदेखि पढाउन आउन आन्दोलनरत शिक्षकहरूलाई कालीगण्डकी गाउँपालिकाको निर्देशन
- हङकङमा ‘एभरेष्ट म्युजिक नाईट २०२५’ भव्य रूपमा सम्पन्न
- ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान
- फ्राइडे रिलिज : फरक कथावस्तुका ‘खेल’ र ‘भुठान’
- जिम्मेवारी र माया बीचको ‘परिबन्ध’मा परे देव र काव्या
- जन्ते बाख्रो’को ‘अङ्गुरको झुप्पो’मा आशिफले फकाए गरिमा (भिडियो सहित)

‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक,पारस बम र सिम्रन पन्त फिचर्ड
काठमाडौं : आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् ।
यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ । यो गीत सार्वजनिक भएसँगै टिकटक तथा रिल्समा ट्रेन्डिङ हुन थालेको छ भने युट्युबमा उत्साहजनक प्रतिक्रियाहरू आइरहेका छन् ।
यसअघि यस फिल्मको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो। सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६ औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा रहेको छ। ‘होस्टेल ३’ नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो। चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन्।
कथा निर्देशक कँडेलकै हो। यसमा क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा रहेको छ। फिल्ममा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन्। सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर हुन्।
फिल्मका सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुन्, जसमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।