जनकपुर/
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताएका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको गुनासो गरे।
उनले संविधान संशोधनको मुद्दालाई नेपाली कांग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताए । नेता निधिले संविधान संशोधनको लागि दुई तिहाइ आवश्यक रहेको भएपनि कानुन निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताए ।