सुचना, समाचार र मनोरन्जन

‘एक्टर’ र ‘एक्टर टेक वान’ बीचको विवाद समाधानको वास्तविकता

काठमाडौँ : गत माघ ४गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ र ‘एक्टर टेक वान’बीच नामले ठुलै लफडा उत्पन्न भयो। माघ १६ गते प्रदर्शनमा आउने भएिको फिल्म ‘एक्टर : टेक वान’ नामकै विषयमा विवाद हुँदा अदालतमा पुग्यो र अहिले दुई पक्षबीच सहमति भएर ‘एक्टर टेक वान’ प्रदर्शनरत छ। तर फिल्म ‘एक्टर : टेक वान’का टिमसँग सहमती भइसकेपछि पनि आफुहरुलाई अन्तरवार्तामा पेलेको भन्दै निर्माता सम्राट थापाले चित्त दुखाएका छन्।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिको तर्फबाट निर्माता सम्राट थापाले माघ ११ गते शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए भने काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अन्तरकालिन आदेश दिएको थियो र अदालतले माघ २२ गते दुबै पक्षलाई छलफलमा समेत बोलाएको थियो।

Pach Pandav

एकदिन अगाडि जिल्ला अदालतले फिल्मको रिलिज रोक्न अल्पकालिन आदेश सार्वजनिक भएसंगै ‘एक्टर’ पहिलो पक्ष प्रति लक्षित सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणीको वर्षा हुन थालेपछि निर्माता सम्राट थापाले आफ्नो फेशबुक वालमा ति टिकाटिप्पणीहरु प्रति गुनासो व्यक्त गरेका हुन्। उनले भनेका छन् ‘मुद्दा परेको चार चार दिनसम्म पनि बिपक्षीले यसप्रति कुनै चासो नदिसकेपछि केहि पत्रकारहरुले उल्टै यो मुद्दाको कुनै तुक नभएको र संगीतको क्षेत्रमा यत्रो नाम भएको मान्छे बदनामीको बाटोमा लाग्नु राम्रो नहुने जस्ता हल्का जवाफ दिनुको साटो दुबै पक्ष बीच भेटाउने र मुद्दा मिलाउनु सहयोग होला भनेर सम्पर्क गरेको त उल्टै होच्याउने खालको उहाँको अभिव्यक्ति प्रति दुख लागेको छ।’

निर्माता थापाले यो मुद्दाको बिषयलाई लिएर जतिले पनि आरोप वा टिका टिप्पणी भएका छन्। यसको वास्तविकता के हो बुझ्न समेत सुझाव दिएका छन्।

Leave A Reply

Your email address will not be published.