सुचना, समाचार र मनोरन्जन

२८ सालमा बनेको ‘मनको बाँध’को पुन निर्माणको घोषणा, युवराज कार्कीले निर्देशन गर्ने पक्का

काठमाडौं :

प्रोडक्सन डिजाइनर तथा कार्यकारी निर्माता युवराज कार्कीले आफ्नो डेब्यू निर्देशनमा २८ सालमा बनेको फिल्म ‘मनको बाँध’लाई सापटी लिइएर निर्माण घोषणा गरेका छन् । सोमवार उनले चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।

यस फिल्मलाई श्रीत फिल्म्स एन्ड इन्टरटेनमेन्ट र नटराज क्रियसनले संयुक्त रूपमा निर्माण गर्दै छन्। फिल्मको घोषणा मात्रै निर्माण टिमले सोमबार गरेको हो। यसका कलाकार तथा प्राविधिकहरूको नाम भने सार्वजनिक गरिएको छैन।

नेपाल चलचित्र प्राविधिक सङ्घका महासचिव समेत रहेका कार्की फिल्म ‘जात्रा’, ‘शत्रु गते’, ‘दाल भात तरकारी’ र ‘द सिक्रेट अफ राधा’ जस्ता चलचित्रहरूमा प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेका थिए। त्यसै गरी, उनी दुई वर्ष अगाडी रिलिज भएको फिल्म ‘के घर के डेरा’मा कार्यकारी निर्माताको भूमिकामा थिए । त्यस कारण उनलाई नेपाली क्षेत्रमा एक अनुभवी प्रोडक्सन डिजाइनरका रूपमा परिचित छन्।

उनले निर्माण गर्न लागेको फिल्म ‘मनको बाँध’मा ग्रामीण जीवनका सङ्घर्ष, आर्थिक असमानता, वैवाहिक असमानता, सामाजिक अन्याय र हिंसाका विषयमा आधारित हुने निर्माण पक्षको भनाई छ। यसले महिलाको साहस र धैर्यताको कथालाई प्रभावशाली रूपमा चित्रण गर्ने निर्देशक कार्कीले बताए।

वि.स.२०२८ सालमा तत्कालीन शाही नेपाल चलचित्र संस्थानले यसै नामको चलचित्र निर्माण गरी २०३० सालमा रिलिज गरेको थियो। प्रकाश थापाको निर्देशनमा बनेको उक्त फिल्ममा सल्यान केसी र सुष्मा शाही मुख्य भूमिकामा थिए। अहिले निर्देशक कार्कीले यहीँ नाममा अर्को फिल्म निर्माण गर्न लागेका हुन्।

Leave A Reply

Your email address will not be published.