सुचना, समाचार र मनोरन्जन

माग्ने बुढाको छोरा धन्दुकारीको डेब्यु फिल्म ‘होस्टेल ३’को ट्रेलर रिलिज

काठमाडौं :

नयाँ कलाकारहरुलाई लिएर निर्माण गरिएको फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ। यसमा सिक्किमका कमेडियन पदम तामाङदेखि केदार घिमिरे माग्नेबुढाको छोरा आशिष घिमिरे धन्दुकारीसम्मले डेब्यु गरेको फिल्म हो। सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो फिल्मको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ।

शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ। यसमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य पात्रको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ प्रतिपक्षी भूमिकामा देखिएका छन्।

Pach Pandav

‘होस्टेल’को अघिल्लो शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए । अब, ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ।म्युजिक भिडियोमा निर्देशन गर्दै आएका सशान कँडेलको डेब्यु निर्देशन हो। उनी दुई दशकदेखि सङ्गीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन्।

माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन्। निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन्। कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन्।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको यस फिल्मलाई सम्पादन विकास दाहालले गरेका छन्। हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ।
फिल्मको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्। यो फिल्म यहीँ फागुन २३ गते रिलिज हुदैछ।

Leave A Reply

Your email address will not be published.