लेखनाथ /
बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा आईतबार ६ खेल सम्पन्न भएका छन ।
आईतबार सम्पन्न पहिलो खेलमा राईजिङ स्टार युथ क्लब रिठेपाानीले रोयल एच के फेमेलीलाई २–० को अन्तरले पराजित गरेको छ । यस्तै दोश्रो खेलमा ए स्टार क्याफे ‘ए’ र एल सि ब्रर्दश विच खेल हुने भनिएकोमा निर्धारित समयमा पनि खेलमा उपस्थीत नभएपछि सिधै वाकओभर पाउँदै ए स्टार क्याफे ‘ए’ अधिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै तेश्रो खेलमा ईन्द्रेणी युथ क्लब लामास्वारा ले क््रयास क्याफे लाई २–१ को अन्तरले पराजीत गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो । आईतबार नै भएको चौंथो खेलमा बिग सिटि क्याफेले चेतनशिल आर्दश युवा क्लवलाई ३–१ ले पराजित गरेको छ ।
एन के क्लव र आयोजक बेगनास युवा क्लव सेतो विच भएको प्रतिष्पर्धामा एन के क्लवले २ गोल गर्दै अगाडीको यात्रा तय गरेको छ भने बेगनासले कुनै पनि गोल गर्न सकेन । आईतबार भएको अन्तिम खेलमा हिमाल एण्ड रक्षाले १–० को अन्तरले वसन्ती मेमोरियललाई पराजित गरेको छ ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- यूएईसहितका खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
- सबै विमानस्थलमा पार्किङ शुल्क संशोधन हुने
- जेन–जी आन्दोलनको विद्रोही स्वरलाई संगीतमा उन्दै बफिन्स ९८: ‘हाम्रो आवाज – नयाँ नेपाल’
- हिरो हिरोइनको नाम गोप्य राखेर केकीले थालिन‘स्टेशन’को काम,भदौ १९मा रिलिज
- पोखरा १३ मा दोस्रो साहित्य पर्व–२०८३ हुँदै
- उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन
- ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ भिडियोमा सविन र एलिसाको आकर्षक
- कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते
- सरकारी वेबसाइटमा अपाङ्ग पहुँचमैत्री सुविधा उपलब्ध
- भूपदेवलाई महामन्त्री बनाउने रास्वपाको तयारी