लेखनाथ /
बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा आईतबार ६ खेल सम्पन्न भएका छन ।
आईतबार सम्पन्न पहिलो खेलमा राईजिङ स्टार युथ क्लब रिठेपाानीले रोयल एच के फेमेलीलाई २–० को अन्तरले पराजित गरेको छ । यस्तै दोश्रो खेलमा ए स्टार क्याफे ‘ए’ र एल सि ब्रर्दश विच खेल हुने भनिएकोमा निर्धारित समयमा पनि खेलमा उपस्थीत नभएपछि सिधै वाकओभर पाउँदै ए स्टार क्याफे ‘ए’ अधिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै तेश्रो खेलमा ईन्द्रेणी युथ क्लब लामास्वारा ले क््रयास क्याफे लाई २–१ को अन्तरले पराजीत गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेपछि खेल ट्राईबेकरमा धकेलीएको थियो । आईतबार नै भएको चौंथो खेलमा बिग सिटि क्याफेले चेतनशिल आर्दश युवा क्लवलाई ३–१ ले पराजित गरेको छ ।
एन के क्लव र आयोजक बेगनास युवा क्लव सेतो विच भएको प्रतिष्पर्धामा एन के क्लवले २ गोल गर्दै अगाडीको यात्रा तय गरेको छ भने बेगनासले कुनै पनि गोल गर्न सकेन । आईतबार भएको अन्तिम खेलमा हिमाल एण्ड रक्षाले १–० को अन्तरले वसन्ती मेमोरियललाई पराजित गरेको छ ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक विज्ञान कोईरालाले जानकारी दिए ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
- मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
- उपसभामुख ठाकुरले दिइन् किशोर श्रेष्ठविरूद्ध प्रहरीमा जाहेरी
- संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ: प्रधानन्यायाधीश शर्मा
- अव्यवस्थित तार व्यवस्थापनमा उल्लेख्य प्रगति
- गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण
- ग्राहकलाई दिगो र भरपर्दो विद्युत् आपूर्ति चुनौतीपूर्ण देखिएको छः मन्त्री श्रेष्ठ
- ‘एक्का मिस्सी बादशाह’मा ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार आह्वान
- ‘लग्यौ परान’को सफलतापछि आयो ‘कार्की साइँला’को धमाकेदार टिजर
- प्रकाशको ‘पारिजात’ मा खुसीसँग गौरवको अव्यक्त प्रेम