सुचना, समाचार र मनोरन्जन

‘मायावी’,‘फेरि रेशम फिलिली’र ‘लाज शरणम्’लाई दर्शकको साथ,हलहलमा पुगे ‘लाज शरणम्’टिम

काठमाडौं :

गत बुधबारबाट प्रदर्शनरत तीन फिल्म ‘मायावी’,‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम्’मा बिदा सकिएपछिदेखि नै साथ पाइरहेको छ। यसमध्ये कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’को पहिलो ‘अफ डे’मा पनि दर्शकको अरुभन्दा राम्रो पाएको छ।

दीवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’मा पल शाह र दिपिका प्रसाई लगायतको मुख्य भुमिका रहेको छ। निरोज महर्जनको निर्देशनमा बनेको फिल्म ‘फेरि रेशम फिलिली’ले पनि दर्शकको साथ सोचे अनुसारको पाउन सकेको छैन। तर कमेडियन कलाकारले निर्माण गरेको फिल्म ‘लाज शरणम्’चर्चाको हिसावले दर्शक हलमा पुगिरहेका छन्।

यस फिल्मका निर्माण पक्ष दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा विश्वस्त देखिएका छन्। सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन। तर, ‘लाज शरणम्’मा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण फिल्मको व्यापार पुनः बढ्दै जाने बताउँछ। महेश त्रिपाठी र धुर्मुसको भूमिकालाई दर्शकले विशेष रूपमा मन पराइरहेका छन्। समसामयिक विषयलाई उठान गरेकाले हेर्नैपर्ने सिनेमा भन्दै दर्शकले तारिफ गरिरहेका छन्। अरु फिल्मका कलाकार भन्दा पनि यसका टिम भने सिनेमाको प्रचारका लागि दर्शक भेट्न कलाकारहरू हलहलमा पुगिरहेका छन्। कलाकारको एउटा टोली कोशी प्रदेशका हलमा रहेका छन् भने अर्को टिम पोखरामा छ।

फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल,हरिश निरौला र सागर लम्साल पुर्वका पत्रकार र हलमा पुगेर दर्शक भेटिरहेका छन् भने अर्जुन घिमिरे (पाँडे’को टिम पश्चिमका हलमा घुमेर पोखरा आइपुगेका छन्।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस)छन्। विजय बराल,अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.