सुचना, समाचार र मनोरन्जन

परशु–कल्पना स्रष्टा सम्मान रसिक र सापकोटालाई

काठमाडौं :

नेपाल स्रष्टा समाजले वरिष्ठ आख्यानकार द्वय गणेश रसिक र धुर्ब सापकोटालाई संयुक्त रुपमा ‘परशु–कल्पना स्रष्टा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ। समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा बसेको बैठकले उक्त सम्मान रसिक र सापकोटालाई प्रदान गर्ने निर्णय गरेको हो।

दुवैजना सम्मानित स्रष्टालाई रु ५० हजार १सय १ नगदराशिसहित सम्मान गरिने छ। नेपाली साहित्यमा पाँचदशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा विशिष्ट योगदान पुर्याएकोमा उनीहरुलाई यो सम्मान अर्पण गरिने समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त सम्मान आगामी चैत ५ गते काठमाडौंमा एक कार्यक्रम गरी उक्त सम्मान अर्पण गरिने अध्यक्ष रोदनले जानकारी दिएका छन्।

परशु–कल्पना स्रष्टा सम्मानका लागि वरिष्ठ साहित्यकार पवन आलोकको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । सोही समितिको सिफारिसलाई समाजको केन्द्रिय कार्यसमितिको बैठकले अनुमोदन गरेको पनि अध्यक्ष रोदनले बताए।

Leave A Reply

Your email address will not be published.