सुचना, समाचार र मनोरन्जन

गत ७ महिनामा संघ सरकारको खर्च साढे ७ खर्ब बढी

काठमाडौं/

चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा संघ सरकारले साढे ७ खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ७ महिनाको समग्र आर्थिक तथा वित्तीय विवरण अनुसार संघ सरकारले ७ खर्ब ५४ अर्ब ८५ करोड रुपैयाँ बराबर खर्च गरेको हो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा चालु खर्च ५ खर्ब २२ अर्ब ६३ करोड, पूँजीगत खर्च ६८ अर्ब ४२ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ६३ अर्ब ८१
करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा संघ सरकारको कुल राजस्व परिचालन प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत ६ खर्ब ४२ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

यस अन्तर्गत कर राजस्व ५ खर्ब ६५ अर्ब ६४ करोड र गैरकर राजस्व ७७ अर्ब २१ करोड परिचालन भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

यस्तै राष्ट्र बैंकका अनुसार गत माघ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ५० अर्ब ७ करोड नगद मौज्दात छ । यो रकम प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत हो ।

२०८१ असार मसान्तमा सरकारको खातामा यस्तो मौज्दात ८३ अर्ब ९९ करोड थियो ।

Leave A Reply

Your email address will not be published.